नेपाल प्रहरीले देशभरका स्थानीयमध्ये चन्द्रागिरि नगरपालिकालाई उत्कृष्ट ठहर गर्दै सम्मानित गरेको छ।
समुदाय - प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याएकाले चन्द्रागिरि नगरपालिकालाई पुरस्कृत गरिएको हो।
६५ औं प्रहरी दिवस २०७७ को अवसरका आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई प्रमाणपत्र प्रदान गरी सम्मानित गरेका हुन्।