दाङ प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ५० वर्षीय इन्द्रबहादुर घर्ती चितुवाको छालासहित पक्राउ परेका छन्।
दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार टाउको बंगारासहित फेला परेको उक्त छाला ७ फिट ८ इञ्च लम्वाईको छ।
असोज ३० गते राति घोराही १५ को तरापुञ्ज टोलमा चितुवाको छालाको अवैद्य कारोवारो भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले घर्तीको पिछा गरेको थियो।
घर्तीले आफ्नै घरभित्र प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा छाला बरामद भएको डिएसपी खड्काले बताए।
घटनाको प्रारम्भिक अनुसन्धान पुरा गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय दाङमा पठाइएको प्रहरीले बताएको छ।