दाङको तुलसीपुरस्थित बबई नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ लुहाडबरा निवासी रत्न चौधरीकी ७ वर्षीया छोरी कीर्तिका चौधरीको मंगलबार दिउँसो बबई नदीमा डुबेर मृत्यु भएको हाे।
नदीमा आमा लुगा धुन व्यस्त थिइन्। नुहाउँदै गरेकी कीर्तिका गहिरो भागमा पुग्दा डुबेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।
उनकाे उद्धार गरी उपचारका लागि तुलसीपुर तर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी सिंहले बताए।