बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का ४८ वर्षीय पुरूषको बिहीबार बिहान पौने ९ बजे मृत्यु भएको हो।
उनी गत सोमबार कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा भर्ना भएका थिए।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर बिष्णु गौतमले ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि फिभर क्लिनिकमा भर्ना भएको उनको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको जानकारी दिए।
योसँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६२ पुगेको छ।