हिमाल चढ्न आएका मध्यपूर्वको मुलुक बहराइनका राजकुमारसहित १८ जनाको टोली आज स्वदेश फर्किएको छ।
चार्टर्ड जहाजमा उनीहरू गत भदौ ३१ गते काठमाडौं आएका थिए।
टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेका छन्।
गत असोज २० मा राजकुमार अलिफाको टोली मनास्लु आरोहण गर्न गोरखाको सामागाउँ पुगेका थिए।
यसअघि गत असोज १९ मा राजकुमारसहितको उक्त टोलीले सोलुखुम्बुको लुबुचे सफल आरोहण गरेका थिए।
उक्त टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा भदौ १४ गते नेपाल सरकारले निर्णय गरेको थियो।
बहराइनका राजकुमारको टोली हिमाल आरोहण गर्ने लकडाउनपछिको पहिलो हिमाल आरोहण दल हो।