काठमाडौं उपत्यकामा थप २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।
आज थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५३ हजार ८ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २६६८ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ।
कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ।