बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
शुक्रबार साँझ ५ बजे धरान-११ का ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
उनी सुगर र उच्च रक्तचापका बिरामी थिए। कात्तिक ३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
उनलाई कात्तिक ५ गते बिपी प्रतिष्ठान भर्ना गरिएको थियो।