बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीका ५० बर्षीय पुरुषको मृत्यु भएको हो।
बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ती पुरुषके शुक्रबार राति १० बजेतिर भेरी अस्प्ताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।
कोरोनाका कारण स्वाशप्रश्वासमा समस्या उत्पन्न भएपछि उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
उनलाई असोज २६ गते कोरोना संक्रमन पुष्टि भएको थियो भने २७ गते अस्पताल भर्ना भएका थिए।
यो सँगै बाँकेमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ। बाहिरी जिल्लावाट बाँकेमा उपचारका लागि लगिएका थप १६ जना समेत गरि ४६ जनाको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
त्यस्तै, बाँकेमा संक्रमितको संख्या हालसम्म २९४५ जना पुगेको छ। त्यसमध्ये २३५७ जना निको भएर घर फर्किसकेका छन्। हाल बाँकेमा १८ जना आइसोलेसनमा रहेको फोकल पर्शन श्रेष्ठले बताए।