मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण देखिएको छ।
बैरागीले बिहीबार ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका छन्।
बैरागीले पछिल्लो समय आफूसँग सम्पर्कमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।