टेलिभिजन कार्यक्रम 'सिधा कुरा जनतासँग'का प्रस्तोता रवि लामिछानेलाई कोरोना भाइरस संक्रमण देखिएको छ।
ज्वरो आएपछि पिसिआर परीक्षण गराएका लामिछानेले परीक्षण रिपोर्ट पोजेटिभ आएको बताए।
‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पिसिआर परीक्षण गर्दा म र निकिता दुबैमा कोरोना पोजेटिभ देखिएको छ,’ उनले फेसबुकमा लेखेका छन्।
उनले आफूहरूको स्वास्थ्य सामान्य रहेको उल्लेख गरेका छन्।
‘हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ,’ उनले भनेका छन्, ‘घरमा हामी दुई मात्र छौ। त्यसैले धेरै समस्या छैन। तर घरमा बृद्ध अवस्थाका सदस्यहरु हुनेले बिल्कुल लापरबाही नगरौं।’