हामी सेतोपाटी फोटो टिम देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिर लगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' लिएर आएका छौं।
आजको शृंखलामा कात्तिक ८ देखि १४ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।
तस्बिरहरू:

दसैं चंगा उडाउने चाड पनि हो। धेरैले घरको छतबाट यसपालि पनि चंगा उडाए। यही क्रममा एक महिला घरको छतबाट चंगा उडाउँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

पाल्पाको प्रसिद्ध भैरवनाथको मन्दिर आउने भक्तजनका लागि रोटी तयार गर्दै होटल व्यवसायी। यो मन्दिरमा एक माना वा एक पाथी चामलको पिठोको एउटै रोटी चढाउने चलन छ। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

मिथिलामा मनाइने कोजाग्रत पूर्णिमाका अवसरमा मन्दिर अगाडिको फुटपाथमा पूजा सामग्री बेच्दै एक स्थानीय महिला। तस्बिरः नेहा झा/सेतोपाटी

दाङको तुलसीपुर उपमहानगरपालिका-१६, उत्तर कुरहरिया गाउँमा शुक्रबार बिहान धान ओसाइँदै। तस्बिरः नारायण खड्का/सेतोपाटी

टीकाको दोस्रो दिन काठमाडौंको वसन्तपुर परिसरमा कुचो लगाउँदै नगरपालिका कर्मचारी। तस्बिरः निशा भण्डारी/सेतोपाटी

कलंकी-काटेश्वर सडक खण्ड विस्तारै बिग्रिँदै गएकाले सडक विभागका कर्मचारी मर्मत गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

पाल्पाको तानसेनस्थित रणउजेश्वरी मन्दिरमा राखिएको दानपात्रबाट भेटी निकाल्ने प्रयास गर्दै एक बालक। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरको प्रांगणमा बसेको गाई। तस्बिरः नेहा झा/सेतोपाटी

दाङको तुलसीपुर उपमाहानगरपालिका-१६, उत्तर कुरहरियाको खेतमा काटेर थुपारिएको धान। तस्बिरः नारायण खड्का/सेतोपाटी

दशमीको दिन बिहान भक्तपुरको ब्रह्मायणी मन्दिरमा दीप अर्पण गर्दै भक्तजन। तस्बिरः निशा भण्डारी/सेतोपाटी

कीर्तिपुर, चोभारमा रहेको आदिनाथ मन्दिर परिसरमा आराम गर्दै एक वृद्ध। तस्बिरः नारायण महर्जन/सेतोपाटी

दाङको तुलसीपुर उपमहानगरपालिका-१६ मा शुक्रबार बिहान टायर गुडाएर खेलिरहेका एक बालक। तस्बिरः नारायण खड्का/सेतोपाटी

जनकपुरधामको अंगराजसर पोखरीको डिलमा माछा हेर्न आउने पर्यटकहरूले खुवाउने दाना बेच्दै। तस्बिरः नेहा झा/सेतोपाटी

दशमीको दिन काठमाडौंको वसन्तपुरमा रमाउँदै एक बालक। तस्बिरः निशा भण्डारी/सेतोपाटी

महानवमीका अवसरमा वसन्तपुरमा बोका बलि चढाउने क्रममा। तस्बिरः निशा भण्डारी/सेतोपाटी

दाङको तुलसीपुर उपमहानगरपालिका-१२, कपडादेबीमा शुक्रबार बिहान दुईवटा गाग्रीमा खानेपानी ओसार्दै एक पुरुष। तस्बिरः नारायण खड्का/सेतोपाटी

एक बालक झोलुंगे पुलमा दगुर्दै, पृष्ठभूमिमा दोर्जेलाक्पा हिमाल। तस्बिरः नारायण महर्जन/सेतोपाटी

सन्ध्याकालीन समयमा चोभारस्थित सोगन गुम्बा पछाडि देखिएको हिमशृंखला। तस्बिरः निशा भण्डारी/सेतोपाटी

बालविवाहविरुद्ध खबरदारी– लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङले शुक्रबारदेखि प्रदेशका १२ वटै जिल्लामा बालविवाहविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ। तस्बिरः नारायण खड्का/सेतोपाटी

उपत्यका वरपरका हिमाल केही दिनयता खुलेका छन्। सानेपाबाट देखिएको स्वयम्भू पछाडिका हिमशृंखला। तस्बिरः निशा भण्डारी/सेतोपाटी

कीर्तिपुरको मच्छेगाउँबाट देखिएको गुम्बा र पृष्ठभूमिमा दोर्जेलाक्पा हिमाल। तस्बिरः नारायण महर्जन/सेतोपाटी

भैँसीपाटीस्थित सिंगल ट्री हिलमा शुक्रबार उदाउँदै गरेको चन्द्रमा। तस्बिरः निशा भण्डारी/सेतोपाटी