हामी सेतोपाटी फोटो टिम देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिर लगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' लिएर आएका छौं।
आजको शृंखलामा कात्तिक १५ देखि २१ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।
तस्बिरहरू:

पर्यटकीय नगरी चितवनको सौराहा नजिकैको चौरबाट गत शनिबार साँझ हिमालको फेद अनि हात्तीको नमस्कार गरिएको दृष्य। तस्बिरः राजेश घिमिरे/सेतोपाटी

भक्तपुरको गुन्डुमा मखमली माला बेच्नका लागि फूल उन्दै। तस्बिरः निशा भण्डारी/सेतोपाटी

जनकपुरधामस्थित नव निर्मित रेल्वे प्लेटफर्म हाताभित्र थुक़्न मनाही गरिएको सूचनामा थुकिएको पानको पिक। तस्बिरः नेहा झा/सेतोपाटी

तिहारका लागि धनलक्ष्मीको चित्र बनाउँदै भक्तपुरकी चेतकुमारी चित्रकार। अहिले आधुनिक पोस्टरले परम्परागत शैलीका चित्र लोप हुँदै गएको छ। तस्बिरः सुसन चौधरी/सेतोपाटी

रुपन्देहीको भैरहवा बुद्धचोकमा राखिएको डमी ट्राफिक। जनशक्तिको अभाव भइरहेको अवस्थामा सडकमा राखिएका डमी ट्राफिकलाई देख्दा पनि सवारी चालक तथा यात्रुहरू सतर्क हुन थालेका छन्। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

दाङको तुलसीपुर–घोराही सडक खण्डमा पर्ने संग्राम खोला पुलमाथि टालटुल गरिँदै। एक वर्ष पहिले निर्मित पुलमाथि खाल्डै खाल्डा परेपछि पुनः पीच गर्न लागिएको हो। तस्बिरः नारायण खड्का/सेतोपाटी

आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै झूटा मुद्दा लगाएको र कोरोना पीडितप्रति सरकार उदासीन देखिएको विरोधमा नेविसंघ नाराबाजीसहित प्रदर्शन गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित भैरव चोकमा दुई साँढे आपसमा लड्दै। तस्बिरः नेहा झा/सेतोपाटी

काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा बच्चा बाँदरहरू तारमा खेल्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

ऐतिहासिक रङ्गभूमि मैदान बारह विग्घामा थुपारिएको फोहोर। यो मैदानमा विवाह पञ्चमीका दिन भगवान राम र माता सीताको स्वयंवर हुँदै आएको छ। तस्बिरः नेहा झा/सेतोपाटी

दाङको लमहीस्थित अर्जुन खोलामा सँगसँगै नुहाउँदै गरेका मानिस र हाँस। तस्बिरः नारायण खड्का/सेतोपाटी

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका दिन सुरक्षा कडा गर्दै नेपाल प्रहरीहरू। पत्रकारलाई पनि फोटो खिच्न एयरपोट भित्र छिर्न दिइएको थिएन। तस्बिरः नारायण महर्जन/सेतोपाटी

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकै दिन आज दिउँसो माइतीघरमा प्रदर्शन गर्दै। विभिन्न २१ दलका सहभागीले ‘गो ब्याक इन्डिया’ नारा लगाएका थिए। तस्बिरः नारायण महर्जन/सेतोपाटी

दीपावली र मिथिलांचलको महान् पर्व छठका लागि ढकना, बनाउँदै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवाका ५१ वर्षीय रामबली पण्डित। तस्बिरः नेहा झा/सेतोपाटी

बत्तीको चाड तिहारका लागि पाला तयार गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

चोभारस्थित आदिनाथ मन्दिर। यहाँ यही कात्तिक १५ गते शनिबार पूर्णिमादेखि आदिनाथ मेला सुरू भएको छ। तस्बिरः नारायण महर्जन/सेतोपाटी

रुपन्देहीको बेलहिया बुटवल व्यापारिक मार्ग अन्तर्गत भैरहवाको डण्डामा निर्माणाधिन लुम्बिनी प्रवेशद्वार। नेपाल भारत सिमानाका बेलहियादेखि झण्डै एक किलोमिटर वर आई प्रवेशद्वारा निर्माण गरिएको भन्दै बेलहियावाशीले विरोध गरेका थिए। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
भक्तपुर दरबार स्क्वायरमा चेट भएर चङ्गा समातेर रमाउँदै एक बालक। तस्बिरः नारायण महर्जन/सेतोपाटी
पिंबहाल केटाकेटी, युवायुवती र बुढाबुढी सबैले समय काट्ने आकर्षक थलो हो। भुइँचालोपछि शृंगारिएको पिंबहाल कोरोना महामारीको संक्रमणले गर्दा हाल बन्द छ। ताला लागेको गेटमा उभिएर पानीको फोहोरा हेर्दै बालबालिका। तस्विरः प्रभाकर गौतम/सेतोपाटी