तिहार आउन थालेपछि अहिले राजधानीको असन क्षेत्रमा चहलपहल छ। कोरोनाभाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि असन पुग्न थालेका छन्। 
असनका व्यापारीहरू भने पोहोर-परारभन्दा यसपालि तिहारमा ४० प्रतिशतजति मात्रै व्यापार भइरहेको बताउँछन्। 
यसपालि मंसिर १ गते भाइटीका छ। 













