तिहारको शुभकामना !
हामी सेतोपाटी फोटो टिम देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिर लगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' लिएर आएका छौं।
आजको शृंखलामा कात्तिक २२ देखि २८ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।
तस्बिरहरू:

काठमाडौंको हल्चोकबाट देखिएको बिहानको उदाउँदै गरिएको सूर्यसँगै स्वयम्भूको दृष्य। तस्विरः नारायण महर्जन/सेतोपाटी

जनकपुरधाम उपमहानगरपालिकाको वडा न १ र ७ का सामुदायिक विद्यालयका कक्षा ८ मा अध्ययनरत दलित र मुस्लिम छात्रालाई साइकल वितरण गर्दै उपमहागर नगरप्रमुख लालकिशोर साह। तस्बिरः नेहा झा/सेतोपाटी

रुपन्देहीको सियारी १ चिल्हियास्थित फूलकुमारी थारुको माछा पोखरीमा ढकमक्क फुलेको ब्रह्मकमल फूल। फूलकुमारीले तिहारको लक्ष्मीपूजाको लागि दुई सय रुपैयाँ जोडीमा पोखरीको सबै कमलको फूल बिक्री गरेकी छन्। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरमा चरणका लागि तोरीबारीमा राखिएका माहुरीका घारहरु। तस्बिरः नारायण खड्का/सेतोपाटी

तिहार नजिकिँदै गर्दा बेच्न राखिएका कृत्रिम फूलका मालाहरु बीचबाट निस्किँदै एक महिला। तस्बिरः निशा भण्डारी/सेतोपाटी

भक्तपुरको गुन्डुमा तिहारको भाइटीकाका लागि चाहिने मखमली फूल टिप्दै ३६ वर्षीया गीता नगरकोटी। तस्बिरः नारायण महर्जन/सेतोपाटी

मिथिलांचलको महान् पर्व छठका लागि बाँसका सामग्री बनाउँदै एक महिला। तस्बिरः नेहा झा/सेतोपाटी

दाङको राजपुर गाउँपालिका वडा नं. ७ सिक्टामा घरमा गरिएको मकै भण्डारण। तस्बिरः नारायण खड्का/सेतोपाटी

धान काटेको खेतमा ब्याडमिन्टन खेल्दै बुटवल १२ नयाँगाउँका ७५ वर्षीय भक्तिराम सुवेदी। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

लक्ष्मी पूजाको अघिल्लो दिन असन बजारमा टोपी बेच्दै महिलाहरु। तस्बिरः निशा भण्डारी/सेतोपाटी

काठमाडौंको असनमा तिहारको भाइटीका लागि चाहिने मखमली फूल/माला किन्दै मानिसहरु। तस्बिरः नारायण महर्जन/सेतोपाटी

भर्खरै उम्रिएको तोरीबारीमा सिँचाई गर्दै रुपन्देहीको सियारीका किसान दम्पती। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

राजपुर गाउँपालिका वडा नं. ७ सिक्टाको राप्ती नदी किनारमा पँहेलपुर तोरी बारी। तस्बिरः नारायण खड्का/सेतोपाटी

मिथिला चित्र कला बनाउँदै जनकपुरधाम उपमहागरपालिकाकी हिरा कर्ण। तस्बिरः नेहा झा/सेतोपाटी

स्वयम्भू परिसरमा रहेको बुद्ध पार्कमा दियो बाल्दै एक मानिस। तस्बिरः नारायण महर्जन/सेतोपाटी

जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा नयाँ टायल लगाउन पुराना टायल हटाउँदै कामदारहरु। तस्बिरः नेहा झा/सेतोपाटी

इचंगुमा एक बालक पिङ खेल्दै र पृष्ठभूमिमा किसानहरू। किसानहरू तिहारका लागि सयपत्री फूल टिप्दै छन्। तस्बिरः नारायण महर्जन/सेतोपाटी

जनकपुरधामको सोनरपट्टीमा स्थानीयहरुले फ्यालेका फोहोरको थुप्रोमा बसेका गाईवस्तु। तस्बिरः नेहा झा/सेतोपाटी
.JPG)
ललितपुरको इमाडोलमा भएको आगलागी निभाउँदै फायर फाइटर। महानगरीय प्रहरी प्रभाग इमाडोलका इन्स्पेक्टर विजय तिमिल्सिनाका अनुसार फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा आगलागी भएको हो। तस्बिरः नारायण महर्जन/सेतोपाटी