केही दिनअघि हामी भक्तपुरको पोटरी स्क्वायरमा पाला किन्न गएका थियौं। आज लक्ष्मी पूजाका दिन हामी ती पाला सुन्दर रंगोली बनाएर वरिपरि सजाउने तयारीमा छौं।
घरको आँगनमा विभिन्न रङ प्रयोग गरेर बनाइने रंगोली विशेषगरी शक्ति र उदारताको भाव व्यक्त गर्ने उद्देश्यको साथ बनाइन्छ। यसले राम्रो भाग्य ल्याउने विश्वास पनि छ।
यसअघि रंगोली कहिल्यै नबनाएको हुनाले हामीलाई पनि यो सिक्न मन लाग्यो।
हामीले रंगोली बनाउन चाहिने रङ किनेर ल्यायौं। सामान्यता बजारमा पाउने रंग चिप्लो हुने भएकाले यसलाई चामलको पिठो वा बालुवासँग मिसाएर बनाइँदो रहेछ।
पहिलो पटक भएको कारण हामीलाई रंगोली बनाउन के-कस्ता सामग्री चाहिन्छ भन्ने मेसो थिएन। त्यसैले हामीले घरमा रहेका भाडाकुँडा प्रयोग गरेर बनाउने प्रयास गर्यौं।
यो भिडिओ ब्लगमा हामीले रंगोली बनाउने सहज तरिका र बनाउन्जेलको रमाइलो अनुभव समेटेका छौं।