छठको शुभकामना !
हामी सेतोपाटी फोटो टिम देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिर लगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' लिएर आएका छौं।
आजको शृंखलामा कात्तिक २९ देखि मंसिर ५ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।
जनकपुरको गंगा सागरमा छठ पर्वमा पुजाको लागि तयार पारिएको फलफुल। तस्बिरः नेहा झा/सेतोपाटी
छठ पर्वमा अस्ताउँदो सूर्यलाई पुजा गर्दै एक महिला। तस्विरः नारायण महर्जन/सेतोपाटी
जनकपुरको गंगा सागरमा छठ पर्वमा अस्ताउँदो सूर्यलाई पुजा गर्दै महिला। तस्बिरः नेहा झा/सेतोपाटी
शुक्रबार छठ पर्वको मुख्य दिन कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै एक महिला। तस्बिरः निशा भण्डारी/सेतोपाटी
छठकोबेला गंगा सागरमा सजाइएको झिलिमिलि। तस्बिरः नेहा झा/सेतोपाटी
धनुषाको ढल्केबरमा छठ पर्वका लागि माटोबाट निर्मित दियो र कुसिया कुरुवार बेच्दै महिला। तस्बिरः नेहा झा/सेतोपाटी
आफ्नो उक्खु किन्ने ग्राहक कुर्दै एक ब्यापारी। तस्बिरः निशा भण्डारी/सेतोपाटी
रुपन्देहीको भैरहवास्थित मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन श्रोत केन्द्रका पोखरीमा आहारको लागि माछा पर्खिएर बसेका बकुल्ला र हुटिट्याउं। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
चितवनस्थित पूर्व–पश्चिम राजमार्गबाट एक सिंगे गैंडाको तस्विर खिच्ँदै एक वृद्ध । व्यस्त बजार नारायणगढबाट करिब ५ किलोमिटर पूर्वमा रहेको टिकौली जंगलमा राजमार्ग क्षेत्रमै गैंडा भेटिन्छन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
सियारी गाउंपालिका वडा नं २ मैनहियामा रहेको पत्र मञ्जुषामा चराले लगाएको गुड सूचना आदानप्रदानका लागि ईमेल, ईन्टरनेट तथा टेलिफोनको विकाससँगै हुलाक मार्फत चिठ्ठीपत्र पठाउने क्रम हटेपछि गाउंगाउंमा राखिएका पत्र मञ्जुषाहरु प्रयोग विहीन भएका छन्। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
ललितपुरको भैसिपाटीमा रहेको स्नेहा केयरमा कुकुर तिहारको दिन पुजा गर्दै। तस्विरः नारायण महर्जन/सेतोपाटी
नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने नेपाल सम्वत् ११४१ यसपालि कोरोना महामारीका कारण सबैजसोले मास्क लगाई मनाएका छन्। तस्विरः नारायण महर्जन/सेतोपाटी
नेवार समुदायले नयाँ वर्षमा आफ्नो पुजा अथात् म्हं पुजा गर्दै गरेको दृष्य। तस्विरः नारायण महर्जन/सेतोपाटी
भूकम्पपछि बन्द भएको रानीपोखरी ५ बर्षपछि पूणनिर्माणपछि खुलेको छ, वर्षको एकदिन भाइ टिकाको लागि खोलिने रानीपोखरीमा टिका लगाउदै सर्बसाधरण। तस्विरः नारायण महर्जन/सेतोपाटी
जैविक विविधता, सिमसार र चराहरुका कारण महत्वपूर्ण मानिएकाले यस जगदीशपुर ताललाई सन् २००३ मा रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो । यस तालमा खासगरी रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका ठाउँबाट जाडो छल्न हिउँद याममा चराहरु आउने गर्छन्। १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको यो तालमा १६७ भन्दा बढी प्रजातिका चरा, आठ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने एक अध्ययनले देखाएको छ । तस्बिरः भगवती पाण्डे/सेतोपाटी
कीर्तिपुरको बाघभैरव मन्दिरबाट देखिएको तिहारको झिलिमिलि। तस्विरः नारायण महर्जन/सेतोपाटी
भाईटिकाको दिन बिहानै बुटवल पाखापानीदेखी पुर्वतर्फ देखिएको आकाश। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
लक्ष्मीपुजाका दिन झिलझिले पटका बल्दै एक बालिका। तस्बिरः निशा भण्डारी/सेतोपाटी
तिहारको झिलिमिलि बेला फलाइङ् ल्यान्टन उदाउँदै एक बालिका। तस्विरः नारायण महर्जन/सेतोपाटी
कपिलवस्तु नगरपालिका ९ स्थित नेपालकै सबैभन्दा ठूलो मानवनिर्मित जगदिशपुर तालमा लामबद्ध रुपमा राखिएका डुंगाहरु। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
दाङ तुलसीपुर उपमहानगरपालिपका वडा नं १९ स्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल छिल्लोकोटको कालिका मन्दिर। तस्बिरः नारायण खड्का/सेतोपाटी