नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता ललितपुरबाट पक्राउ परेका छन्।
उनीहरूलाई शुक्रबार राति ललितपुर महानगरपालिकाको ज्वागलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)टेकप्रसाद राईले जानकारी दिए।
पक्राउ पर्नेमा ४१ वर्षीय प्रेम दर्नाल र ३९ वर्षीय सञ्जिव नेपाली छन्।
उनका अनुसार उनीहरू केन्द्रिय आर्थिक विभागका सदस्यहरू हुन्।
‘उनीहरू केन्द्रीय आर्थिक विभाग सदस्यहरू हुन्। चन्दा उठाउँदै हिँड्ने गर्थे,’ एसएसपी राईले भने।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।