भीमेश्वर मन्दिरको शिलामा पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखाले बताएको छ।
मंगलबार दिउँसो १:४५ बजेदेखि पटकपटक अपरान्ह ३:५४ बजेसम्म शिलामा पसिना आएको प्रेस विज्ञप्ति निकालेर प्रशासनले जानकारी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले निकालेको विज्ञप्तिमा प्रचलित परम्पराअनुसार पूजारी र गुठियारहरूले पूजापाठ गरिसकेको उल्लेख छ।
शिलामा पसिना आएको जानकारी आएपछि प्रशासन र सुरक्षा निकायका प्रमुख मन्दिर पुगेर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग बैठक बसेर राष्ट्र प्रमुखलाई महाप्रसाद पठाउने व्यवस्थापन मिलाइएको उनले बताए।
‘मंसिर १० बजे राष्ट्रपतिज्यू समक्ष दोलखा भीमेश्वर भगवानको महाप्रसाद पठाउने व्यवस्था मिलाइएको व्यहोरा सबैमा जानकारी गराइन्छ,’ उनले निकालेको विज्ञप्तिमा उल्लेख छ।
हेर्नुस् प्रशासनको विज्ञप्ति: