भक्तपुरमा जिउँदो सालक सहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले सोमबार दिउँसो १ बजे धादिङ शितली गाउँपालिका-३ झार्लाङदीका २७ वर्षीय ध्रुबबहादुर मगर र ३१ वर्षीय भिमबहादुर मगरलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भिमबहादुर मगर सशस्त्र प्रहरीका जवान हुन्।
उनीबाट सशस्त्र प्रहरी बलको परिचय पत्र समेत फेला पारेको छ।
उनीहरूले मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीमा जिउँदो सालक लिएर हिडिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
सोही सूचनाका आधारमा परिसरबाट खटिएको टोलीले उनीहरूलाई फेला पारी चेक गरेको थियो।
उनीहरूले बोकेको यूरिया मलको ५० केजीको बोरा भित्र प्लाईको बाकसमा जिउँदो सालक फेला पारेको हो।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न जिल्ला वन कार्यालय भक्तपुर पठाउने प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।