कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. सर्वराज खड्कालाई नियुक्त गरेको छ।
बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले खड्कालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो। खड्का दैलेखका हुन्।
यसअघि कर्णाली प्रदेश योजना आयोगको पहिलो उपाध्यक्षका रूपमा रहेका डा. पूण्य रेग्मीको ठाउँमा उनलाई नियुक्त गरिएको हो।
रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति भएर गएपछि सरकारले खड्कालाई नियुक्त गरेको हो।
यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको समन्वय विज्ञ नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री शाहीको समन्व्य विज्ञका रूपमा वीरेन्द्रनगर–९ का झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय गरेको हो।
पूर्वमाओवादीका मल्ल नेकपा एकीकरणपछि केन्द्रीय सदस्य छन्।