११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कास्कीले बालिकामाथि बलात्कार गरेको आरोपमा २९ वर्षीय प्रकाश नेपालीलाई पक्राउ गरेको हो।
उनी धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-४ घर भइ पोखरा महानगर-१६ लामाचौर बस्दै आएका थिए।
प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार उनले बालिकाको घरमा कोही नभएको मौकामा डर, धम्की देखाएर बलात्कार गरेका थिए।
सोही सूचनाको आधारमा खटिएको टोलीले उनलाई शनिबार पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले कास्की अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति पाएको छ।
प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: आईतबार, मंसिर १४, २०७७, १९:४१:३७