बर्दियामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो पौने ३ बजेको समयमा मधुवन नगरपालिका-४ ढोढरीस्थित सडकखण्डमा दुर्घटना भएको हो।
पूर्वतर्फ आउँदै गरेको ना ८ ख ३१४ नम्बरको टिपरले पश्चिम जाँदै गरेको ना १६ च २४५३ नम्बरको कारलाई ठक्कर दिएको हो।
ठक्कर दिँदा कारमा सवार दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक केदार रजौडेले बताए।
मृत्यु हुनेमा गुलहरिया नगरपालिकाका २४ वर्षीय सुरेन्द्र गोडिया र १८ वर्षीय निधि सुनार छन्।
अन्य तीन जना घाइते समेत भएका छन्। उनीहरूको उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरी उपरीक्षक रजौडेले बताए।