ललितपुरको पुल्चोकमा विहीबार मोटरसाइकललाई ठक्कर दिदाँ २ जना घाइते भएका छन।
बा १७ च १८५१ नम्बरको जीपले मोटरसाइकललाई ठक्कर दिएर फरार भएको प्रहरीले जनाएको छ।
जीपको ठक्करबाट मोटरसाइकल चालक ललितपुर गोदावरीका राजेश राना र सोनिका खनाल घाइते भएकी छिन ।
सोनिका खनालको एउटा खुट्टा भाँच्चिएको छ भने र नाकमा चोट लागेको छ। राजेश रानाको भने हातमा चोट लागेको छ। उनीहरु दुबै जना अल्का अस्पतालका ल्यावका कर्मचारी हुन।
स्वाव संकलन गरेर अस्पताल फर्कदै गर्दा उनीहरु सवार मोटरसाइकललाई ठक्कर दिएर जीप भागेको घाइते रानाले बताएका छन। ठक्कर पछि फरार भएको जीपको प्रहरीले खोजीकार्य तिब्र बनाएको छ।
'हामीले ठक्कर दिएर भागेको गाडीबारे यातायात कार्यालयबाट गाडीको फाइल मगाएका छौं,' ललितपुर प्रहरीका डिएसपी सन्तोष तामाङ्गले भने, 'कागजात आइसकेपछि सवारी धनी खुल्छ।'
घाइतेहरुको अल्का अस्पतालमा उपचार भइरहेको छ।