हामी सेतोपाटी फोटो टिम देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिर लगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' लिएर आएका छौं।
आजको शृंखलामा मंसिर १३ देखि मंसिर १९ गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।

कोरोना महामारीको कारण नेवारी भेषभुषामा मास्क लगाएर थानकोटमा महालक्ष्मी जात्रामा सहभागी जनाउँदै एक बालिका। तस्बिरः नारायण महर्जन/सेतोपाटी

झापाको शिवसताक्षी नगरपालिकाले विपन्न परिवारका लागि निर्माण गरेको घर। चालु आर्थिक वर्षमा अतिविपन्न वर्गका १३ परिवार आवास क्षेत्रमा बस्ने छन्। तस्बिर: विनोद सापकोटा/सेतोपाटी

मिथिलाको प्रसिद्ध खाने कुराहरूमध्ये रहेको झिल्ली फोपी बेच्दै जनकपुरकी स्थानीय एक महिला। तस्बिरः नेहा झा/सेतोपाटी

विगत आठ वर्षदेखि निर्माणाधीन बेलहिया-बुटवल सडकको निर्माणमा ढिलाइ गरिएको भन्दै सडकमा विरोधमा उत्रिएका बेलहियाबासी। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

इलामको शान्तिडाँडाका महिलाहरू धानको पाँजा उठाउँदै। तस्बिर: विनोद सापकोटा/सेतोपाटी

उपत्यकाका नेवार समुदायले सकिमिला पुन्हीका (हलिमली पुन्ही) कोरोनाका कारण स-साना कलाकृति मात्रै बनाएर मनाए। तस्बिरः नारायण महर्जन/सेतोपाटी

रुपन्देहीको सियारीमा जालीमा झुण्ड्याइएको घाँस खाँदै बाख्रा। भुइँमा घाँस राखिदिँदा त्यसैमाथि दिसापिसाब गरी फोहोर गर्ने भएपछि किसानहरूले घाँस झुण्ड्याइदिने गर्छन्। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

जाडो बढेसँगै जनकपुरधाम वडा नम्बर ७ स्थित भ्रमरपूरा चोकको बीच सडकमा मस्त निद्रामा कुकुर। तस्बिरः नेहा झा/सेतोपाटी

आठ हजार हेक्टर जग्गा सिंचित गर्ने कनकाई नहरमा पानी चाहिने बेलामा किसानले पाउने गरेका छैनन्। उपभोक्ता समितिले भने मर्मत गर्नु परेकाले पानी बन्द गरिएको बताउँदै आएको छ। तस्बिर: विनोद सापकोटा/सेतोपाटी

जनकपुरधाम वडा नम्बर ६ मा रहेको ऐतिहासिक चरणपादिका पोखरीको डिलमा थुपारिएको फोहोर। तस्बिरः नेहा झा/सेतोपाटी

भक्तपुरको ठिमीबाट देखिएको गणेश हिमशृंखला र घरमाथि राखिएको पानी ट्यांकीको दृष्य। तस्बिरः नारायण महर्जन/सेतोपाटी

भक्तपुरको सूर्यविनायक हाइटबाट देखिएको हिमालचुली, मनास्लु हिमाल र काठमाडौंको दृष्य। तस्बिरः नारायण महर्जन/सेतोपाटी

नियमविपरित निर्माण सामग्री उत्खनन गर्दा खतरामा परेको पूर्व-पश्चिम राजमार्गको कन्काई पुल। कन्काई नदी गहिरिएर पुलको स्पाम जमिनमाथि देखिन थालेको हो। तस्बिर: विनोद सापकोटा/सेतोपाटी

जनकपुरको राम मन्दिरको बरसातीमा बेच्नका लागि सिन्दुर तयार पार्दै एक युवती। तस्बिरः नेहा झा/सेतोपाटी

यस वर्ष कात्तिक नाचको बराह र नरसिंह अवतार दुई दिन मात्र देखाइयो। एक महिनासम्म चल्ने नाच कोरोना महामारीका कारण शुक्रबार र शनिबार गरेर दुई दिनमा छोट्याइएको होर सवसाधरणलाई नाच हेर्न रोक लगाइएको थियो। अरू बेला भिडभाड हुने पाटन दरबार स्क्वायर नाचका बेला खाली खाली देखिएको थियो। तस्बिरः नारायण महर्जन/सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई महासंघका अध्यक्ष शेखर गोल्छाले पदभार ग्रहण गराउँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

पूर्वी नेपालको इलामस्थित पर्यटकीय क्षेत्र कन्याम। चिसो बढेसँगै सो क्षेत्रमा हुस्सु लाग्ने गरेको छ। तस्बिर: विनोद सापकोटा/सेतोपाटी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यहारविरूद्ध माइतीघर मण्डलमा नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले प्रदर्शन गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

ठमेल पर्यटन विकास परिषदले कोरोनाका कारण बन्द रहेका रात्रिकालीन व्यवसाय सुरक्षा मापदण्ड अपनाई संचालन गर्न पाउनु पर्ने माग राख्दै गरेको शान्तिपूर्ण विरोध प्रदर्शन कार्यक्रममा नाचगान गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

विश्व एड्स दिवसको उपलक्ष्यमा माइती नेपालले एड्सबाट दिवंगत भएकाहरूको समझनामा दीप प्रज्वलन गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
टौदह माथि बोसन डाडाबाट देखिएको बिहानीपखको उपत्यकाको दृश्य। तस्बिरः निशा भण्डारी/सेतोपाटी