हामी सेतोपाटी फोटो टिम देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिर लगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' लिएर आएका छौं।
आजको शृंखलामा पुस ४ देखि पुस १० गतेसम्म खिचिएका महत्वपूर्ण तस्बिरहरू समेटेका छौं।

चामल निकाल्न धान कुट्दै राउटे बालिका। तस्बिरः दिपकजंग शाही/सेतोपाटी

काठमाडौंमा सिनेमा हलहरू खुल्ने भनेसँगै लबिम मलस्थित क्यूएफएक्स सिनेमा हलभित्र सिटहरू स्यानिटाइज गरिँदै। तस्बिरः निशा भण्डारी/सेतोपाटी

लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा सिमेन्टका रिङमा छेकिएर खाना पकाउँदै मजदुरहरू। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

झापाको झिलझिलेमा वाटर किङडम पार्कमा रमाउँदै युवाहरू तस्बिरः विनोद सापकोटा/सेतोपाटी

चितवनको माडीमा बच्चा काखमा च्यापेर घाँसको भारी बोक्दै चेपाङ युवती। तस्बिरः राजेश घिमिरे/सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्री आइतबार सामूहिक राजीनामा दिँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूह माइतीघर मण्डलमा प्रदर्शन गर्दै। तस्बिरः निशा भण्डारी/सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड-नेपाल समूह माइतीघर मण्डलमा प्रदर्शन गरी निर्वाचन आयोगतिर लाग्दै। तस्बिरः निशा भण्डारी/सेतोपाटी

चितवनको माडीमा सोमेश्वर पहाडबाट झर्ने परुई खोलालाई सुख्खा पहिरोले पुरेपछि दुई डाँडाको बीचमा बनेको ताल। भयकाबीच पनि दैनिक सयौं सर्वसाधारण ताल हेर्न यहाँ पुग्ने गरेका छन्। तस्बिरः राजेश घिमिरे/सेतोपाटी

धरहराबाट देखिएको संकटा परिसरका घरहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेविसंघका नेताहरू राजधानीको आरआर क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला जलाउँदै। तस्बिरः निशा भण्डारी/सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेसँगै नेपाली कांग्रेसले सोमबार बोलाएको सर्वदलीय बैठक। तस्बिरः निशा भण्डारी/सेतोपाटी

कीर्तिपुर पाँगामा बिष्णुदेवी जात्राका मास्क नलगाएकाहरूलाई मास्क लगाइदिँदै सर्वसाधारण। तस्बिरः नारायण महर्जन/सेतोपाटी

क्रिसमसको साँझ पुल्चोकस्थित लबिम मलभित्र राखिएको क्रिसमस ट्री अगाडि फोटो खिचाउनेहरूको घुइँचो। तस्बिरः निशा भण्डारी/सेतोपाटी

७७ वर्षीय प्रेमलाल श्रेष्ठ बसन्तपुर दरबार स्क्वायर परिसरमा नेपालको राष्ट्रिय झण्डा बिक्रीका लागि राख्दै। उनी विगत ४० वर्षदेखि दरवार स्क्वायर क्षेत्रमा झण्डा बिक्री गरिरहेका छन्। अहिले कोभिडले गर्दा झण्डा बिक्रीमा कमी आएको उनी बताउँछन्। तस्बिरः नारायण महर्जन/सेतोपाटी

मंगलबारदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने नागढुंगा सुरुङ मार्ग निर्माण सुरू भएको छ। तस्बिरः नारायण महर्जन/सेतोपाटी