सिराहामा स्रोत नखुलेको साढे ९ लाख रकमसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
बरियारपट्टी गाउँपालिका-१ कचनारीमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल सवार दुई जनामाथि प्रहरीले चेक गर्दा स्रोत नखुलेको ९ लाख ३९ हजार १५ रुपैयाँ बरामद गरेको हो।
उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको प्रवक्ता डिएसपी शालिग्राम शर्माले बताए।
पक्राउ पर्नेमा बरियारपट्टि गाउँपालिका-२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदि मंसुर छन्।
दुबैजनालाई ईलाका प्रहरी कार्यालय, महेशपुरपतार सिरहामा थप अनुसन्धान गरिरहेको डिएसपी शर्माले बताए।