विराटनगरमा खानेकुरा सर्किँदा गम्भीर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ।
दुधसँग कर्नफ्लेक्स मिसाएर खाँदै गर्दा बुधबार साँझ १२ वर्षीय बालक हेमन ढकालको मृत्यु भएको हो।
विराटनगर-९ का उनी बिकेभिएम स्कुलमा कक्षा ५ मा अध्ययनरत् थिए। उनको उपचारको क्रममा न्युरो अस्पतालमा मृत्यु भएको बिकेभिएमका अध्यक्ष रविन दाहालले जानकारी दिए।
बालकलाई सप्तकोसी नर्सिङ होम हुँदै न्युरो अस्पताल लगिएको थियो। बालकको मृत्युपछि शुक्रबार स्कुलमा बिदा दिइएको छ।