पछिल्लो २४ घण्टामा विश्वभर ७ लाख ३५ हजार ५६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यो समाचार तयार पार्दासम्म २४ घन्टाको अवधिमा १५ हजार ६३४ जनाको मृत्यु भएको वर्ल्डोमिटरले देखाएको छ।
यस्तै निको हुनेको संख्या पछिल्लो २४ घन्टामा ५ लाख ६ हजार ६७७ जना छन्।
पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या नौ करोड ४२ लाख ५६ हजार १३३ र मृत्यु हुनेको संख्या २० लाख १६ हजार २३५ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी २ लाख ३४ हजार ८५७ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण ४ हजार १४२ जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र १५ हजार ६७७ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप १८९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र ब्राजिलमा ६८ हजार ६५६, बेलायतमा ५५ हजार ७६१, इटलीमा १६ हजार १४६, जर्मनीमा १९ हजार ७६८, रसियामा २४ हजार ७१५, दक्षिण अफ्रिकामा १४ हजार ८८०, फ्रान्समा २१ हजार २७१, कोलम्बियामा २१ हजार ७८ तथा इरानमा ६ हजार ४४८ जना नयाँ संक्रमित थपिएका छन्।
एसियाली मुलुकमा भारतपछि इन्डोनेशियामा १२८१८ जना नयाँ संक्रमित थपिएका छन्।
कोरोना भाइरसकोबाट संक्रमित भइ विश्वभर मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।
विश्वभर अहिलेसम्म कोभिड–१९ का कारण २० लाख १६ हजार २ सय भन्दा धेरैको ज्यान गएको छ ।
महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा ४ लाख १ हजार पाँच सय भन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ।
यस्तै ब्राजिलमा २ लाख ८ हजार भन्दा बढीले ज्यान गुमाउँदा भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार नाघेको छ।