प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित झापा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक नगरपालिका-१ बुद्धटोलका ३२ वर्षीय देवेन्द्र राई, गौरादह नगरपालिका-३ का २७ वर्षीय लक्ष्मण दास र १९ वर्षीय राम साह रहेका छन्।
इलाका प्रहरी कार्यालय दमकबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले राईको कोठाबाट आइतबार अपराह्न २५ ग्राम दुई सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरी सुरूमा राईको कोठा चेकजाँच गर्न गएको थियो। उनको कोठाबाट दुई ग्राम ब्राउनसुगर फेला परेको थियो।
राईलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँ गौरादह नगरपालिका-१ को पेट्रोल पम्प नजिकैबाट दास र साहलाई २३ ग्राम दुई सय मिलिग्राम ब्राउनसुगर बरामदा गरिएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।
उनका अनुसार उनीहरूको साथबाट मे७प ९०८१ नम्बरको मोटरसाइकल बरामद भएको छ। पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी दमकको हिरासतमा राखिएको छ।
सोमबार उनीहरूलाई अदालतबाट म्याद थप गरी लागुऔषध ओसारपसार तथा बिक्री वितरणको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरी उपरीक्षक भट्टराईले बताए।