धनगढीमा चिसोले जनजीवन प्रभावित भएको छ।
बुधबार बिहानैदेखि बाक्लो कुहिरो र शितलहर चलेपछि जनजीवनमा प्रभाव परेको हो।
आज यहाँको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस नापिएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ।
कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले यस वर्ष सबभन्दा कम तापक्रम जनवरी १ मा ३.४ डिग्री सेल्सियस नापिएको बताए।
तस्बिरहरू :