बारा र रौतहटको छुट्टाछुट्टै स्थानमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बाराको परवानीपुर गाउँपालिका ४ चैनपुरमा ट्रकको ठक्करबाट पैदलयात्री भारतीय नागरिकको मृत्यु भएको हो।
प्रदेश ३, ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक चन्दन गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
गुप्ताको उपचारका क्रममा वीरगंजस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ४ मा ट्याक्टरमा भ्यान ठोक्किँदा भ्यानका चालकको घटना स्थलमै मृत्यु भएको छ।
ना ५ त ९२८३ नम्बरको ट्याक्टरमा ना १ ज ४८९५ नम्बरको भ्यानमा ठोक्किएर दुर्घटना हुँदा भ्यानका चालक रौतहटको गरुडा नगरपालिका वडा नम्बर ९ निवासी राजेशकुमार सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।