सुदूरपश्चिमका सबै जिल्लामा कोरोनाविरूद्धको खोप लगाउन बुधबारबाट सुरू गर्ने भनिए बाजुरामा भएन।
जिल्लामा खोप ढिलो पुगेकाले बुधबार खोप लगाउन नसकिएको हो।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले गाडीबाट खोप पठाइएको बताए।
उनले बिहीबार बाजुरा जिल्ला अस्पतालबाट पनि कोरोनाविरूद्ध खोप लगाइने बताए।
बुधबार प्रदेशका अन्य ८ जिल्लामा १ हजार ८२ जनाले कोरोनाविरूद्ध खोप लगाइएको छ।
सबैभन्दा बढी कैलालीमा २५७, अछाममा २३७, डोटीमा १५६, कञ्चनपुरमा १२४, डडेल्धुरामा १२२, बैतडीमा ७८, दार्चुलामा ५० र बझाङमा ५९ जनालाई खोप लगाइएको छ।
प्रदेशमा १६ हजार २ सय ९३ जनालाई पुग्ने खोपको मात्रा प्राप्त भएको छ।