सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।
आजको शृंखलामा हामीले माघ २४ देखि माघ ३० गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका छन्। मरेपछि पनि शरीर उपयोगी होस् भनेर आफूहरूले यो कदम चालेको उनीहरूले बताएका छन्। तस्बिर निशा भण्डारी/सेतोपाटी
फागुन ४ गते मनाइने सरस्वती पूजाका लागि सप्तरीको राजविराज नगरपालिकामा माता सरस्वतीको प्रतिमा बनाउँदै एक व्यवसायी। तस्बिरः नेहा झा/सेतोपाटी
कैलालीको प्रसिद्ध धार्मिक स्थल गोदारीधाम क्षेत्रमा रहेको हनुमानको मूर्ति। तस्बिरः सविता बुढा/सेतोपाटी
माधवनारायण मेला भर्ने ब्रतालुहरू सोमबार बिहानै पशुपतिस्थित बाग्मती नदीमा स्नान गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
सुदूरपश्चिमको स्थायी राजधानी तोकिएको कैलाली जिल्ला गोदावरी– २ को जंगलबाट स्याउला लिएर फर्कन लागेकी स्थानीय महिला। तस्बिरः सविता बुढा/सेतोपाटी
कालिमाटी फलफूल तथा तरकारी बजारमा सुन्तला मिलाउदै व्यापारी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
तुलसीपुर कारागार भित्र आफन्त र घर परिवारलाई फोन गर्न तल्लिन रहेका कैदी बन्दीहरु। कारागार भित्र आइतबार र बिहीवार बाहेक अरु दिन आफन्त र घरपरिवारलाई फोन गर्न पाउने सुबिधा दिइएको छ। तस्बिरः नारायण खड्का/सेतोपाटी
रुपन्देहीको देवदह ४ पिप्रहियास्थित मुसहर बस्तिका बालक भाडाकुटी खेल्दै । तस्बिरः भगवती पाण्डे/सेतोपाटी
धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा क्रिकेट खेल्न तयार भएका ६ बर्षीय अमृत शाही। तस्बिरः सविता बुढा/सेतोपाटी
भक्तपुर दरवार परिसर नजिक स्कुल जान बसमा चढेका विद्यार्थी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
सप्तरीको राजविराज हटियामा मट्टीतेल बेच्दै ७० वर्षीय एक वृद्ध। तस्बिरः नेहा झा/सेतोपाटी
काठमाडौंमा बन्दै गरेको धरहरामा काम गर्दै गरेका कामदार र घाम अस्ताउँदै गरेको दृष्य। तस्बिरः नारायण महर्जन
रुपन्देहीको भैरहवा परासी सडकखण्डमा रहेको केबल उद्योगमा जलविद्युतको लागि तार बनाउदै मजदुरहरु। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुवाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, नेपालबीच बनेको रणनीतिक संयुक्त मोर्चा, अवधारणा पत्र र संघर्षका कार्यक्रम घोषणा समारोह। तस्बिरः नारायण महर्जन/सेतोपाटी
प्रतिगमन विरूद्ध बुधबार राजधानीमा आयोजित र्यालीको नेतृत्व गर्दै नेकपाका शीर्ष नेताहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी
बन्द, हड्तालको नाममा ट्याक्सीलगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य बन्द गरिनुपर्ने माग गर्दै ट्याक्सी व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन। तस्बिर : निशा भण्डारी/ सेतोपाटी
सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत खोप लगाएपछि खोप कार्ड देखाउदै पत्रकारहरु। सोमबारदेखि फ्रन्टलाइनका पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरिएको हो। तस्बिरः नारायण महर्जन/सेतोपाटी
४० वर्षमुनिका महिलालाई बिना सिफारिस विदेश जान रोक्ने प्रस्तावित कार्यविधिको विरोधमा बिहीबार अध्यागमन विभाग अगाडि पासपोर्ट देखाएर गरिएको विरोधमा सहभागीहरू। तस्बिर: निशा भण्डारी/सेतोपाटी
नेपाल विधार्थी संघले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय प्रांगढमा भागरथी भटट्प्रति श्रद्धाञ्जली सभामा दिज प्रज्वलन गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
तुलसीपुरको वीरेन्द्र चोकमा स्थापना गरिएको ट्राफिक डमीसँगै उभिएर फोटो खिचाइरहेका ट्राफिक प्रहरीहरू। तस्बिरः नारायण खड्का/सेतोपाटी
प्रचण्ड-नेपाल नेतृत्वकी नेकपा नेता रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै युवा तथा विद्यार्थीहरुले बिहिबार प्प्रदर्शनका क्रममा माइतिघरबाट नयाँ बानेश्वरमा जाँदै गरेको टोली र प्रहरीबीच एभरेष्ट होटल अगाडि भएको धकेलाधकेल ।तस्बिर : निशा भण्डारी/ सेतोपाटी
महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोध गर्दै बसन्तपुरदेखि सिंहदरबारसम्म सडकमा प्रतिकात्मक शव र मलामीसहितको मार्चपास गर्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
संविधानको रक्षा गरियोस्, अवैधानिक रूपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति रद्द गरियोस्, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि हामीसँग भएका सम्झौता कार्यान्वयन गरियोस् भन्ने माग राख्दै फागुन १२ गतेदेखि अनसन बस्ने घोषणा गरेका डा गोविन्द केसी। तस्बिरः निशा भण्डारी/सेतोपाटी
एक महिनासम्म मनाइने माधव नारायण मेलाका क्रममा भक्तपुरको हनुमानघाट परिसरमा गुड्किएर परिक्रमा गर्दै भक्तजन। तस्बिरः नारायण महर्जन
फेवाताल सुकेको बेला सिपी खोज्दै स्थानीय महिला। तस्बिरः युवराज श्रेष्ठ/सेतोपाटी