कञ्चनपुरका बस र माेटरसाइकल आपसमा ठोक्किँदा दुई जनाकाे मृत्यु भएको छ।
दुर्घटनामा माेटरसाइकल चालक २५ वर्षीय दिनेश दमाई र पछाडि बसेका २० वर्षीय प्रकाश दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा साेमबार बेलुका पूर्वबाट पश्चिमतर्फ गइरहेकाे ना६ख १७६४ नम्बरको बस र म३प १४८० नम्बरको माेटरसाइकल ठाेकिएका हुन्।
दुर्घटनामा घाइते भएका दुबैलाई उपचारकाे लागि महाकाली अस्पताल पुर्याउँदा डाक्टरले मृत घाेषणा गरेका थिए।
बस र त्यसका चालक बेदकाेट नगरपालिका-५ का २९ वर्षीय माधवसिंह गडाललाई प्रहरीले नियन्त्रणमा लिइएकाे कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।