डाँस खोलाको बगरमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक युवतीको मृत्यु भएको छ।
मोरङ सुनवर्षी नगरपालिका-४ गान्धी आश्रम बस्दै आएकी २० वर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मंगलबार मृत्यु भएको हो।
दिउँसो साढे १ बजे सुनवर्षी-१ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको हो।
उनीसँगै गएका सोही स्थान बस्ने ९ वर्षीया मनिका यादव र ५५ वर्षीया झोलिया यादव घाइते छन्।
घाइतेको रंगेली अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।