बालाजुबाट पक्राउ परेका ८ जना सडक विस्तार पीडित र अभियन्ता रिह भएकाको खुशियालीमा इन्द्रचोक, क्षेत्रपाटी, बसन्तपुर, परोपकार हुँदै कालिमाटीसम्म मैनबत्ती र्याली निकालिएको थियो।
रिहा भएसँगै उनीहरू इन्द्रचोक पुगेका थिए। त्यहाँ कोणसभा गर्दै वक्ताहरुले मातृभाषा बोलेकै आधारमा पक्राउ गर्नुलाई राज्य भाषिक दन तर्फ अग्रसर भएको टिप्पणी गरेका थिए। उनीहरुले नेपालभाषा बोल्न रोक्न प्रहरीलाई कारवाहीको माग समेत गरेका थिए।
सर्वोच्च अदालतले ८ जना पीडित र अभियन्तालाई आफ्नो सम्पत्ती र अभिव्यक्ति व्यक्त र गरेको आधारमा पक्राउ गरेको ठहर गर्दै उनीहरुलाई थुनामा राख्नु न्यायीक दृष्टिकोणबाट औचित्यपूर्ण नभएको समेत बताएको छ।
रिहा भएकाहरुले आफूहरु प्रहरी नियन्त्रणबाट छुटेपनि बाइपासमा प्रतिगमन जारी रहेकोले आन्दोलन जारी रहने चेतावनी दिए।
बालाजु बाइपास सडक खण्डमा सडक विस्तारका क्रममा करिब ६ वर्ष अघि भत्काइएका घरहरु रहेको जग्गामा काठमाडौं महानगरपालिकाले सूचना केन्द्र बनाउन लागेपछि स्थानीय पीडितहरुले त्यहाँ राखिएका जस्तापाता भत्काएका थिए। त्यसकैक्रममा प्रहरीले मीन शाही, महेश्वर मानन्धर, संजय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ, रुक्षित श्रेष्ठलाई पक्राउ गरेको थियो। त्यसपछि बालाजु प्रहरी वृत्तमा गएर उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि र अन्य अभियन्ता पीडितहरुलाई रिहा गर्न माग गरेका थिए।
पीडित र अन्य अभियन्तालाई गैर कानुनी रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो। त्यसैमा सुनुवाई गर्दै आज न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले पक्राउ परेका सबैलाई रिहा गर्न आदेश दिएको थियो।
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%281%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%282%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%283%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%284%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%285%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%286%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%287%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%288%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%289%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%2810%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%2811%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%2812%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%2813%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%2814%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%2815%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%2816%29.jpeg)
![](https://www.setopati.com/uploads/editor/sujita%20file/Natayan%20Maharjan/Sampada/Main/Deep%20%2817%29.jpeg)