धनुषाको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरीलाई विहार प्रहरीले सघाउने भएको छ।
भारत विहारको मधुवनी जिल्ला प्रमुख र धनुषाका एसपी प्रहरीबीचको भेटमा विहारको मधुवनी जिल्ला प्रमुख सत्य प्रकाशले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरीलाई विहार प्रहरीले सघाउने प्रतिबद्धता जनाएका हुन।
सीमावर्ती क्षेत्रमा प्रहरी चौकी इन्चार्जसहित भएको बैठकमा मधुवनी जिल्ला प्रमुख सत्य प्रकाशले नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्ने बताएका हुन।
जवाफमा धनुषा प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले पनि विहार प्रहरीसँग तस्कर नियन्त्रण, अपराध, लागु औषध र सूचना आदान प्रदान गरिने प्रतिबद्धता जनाए।
सीमावर्ती क्षेत्रमा विहार प्रहरी र नेपाल प्रहरी मिलेर काम गरे जस्तो सुकै समस्या पनि समाधान गर्न सकिने एसपी रानाभाटको भनाइ थियो।
बैठकमा मधुवनी जिल्लाका प्रहरी कार्यालयका एडिएम अवधेश रामले धनुषाको सीमावर्ती क्षेत्रबाट अवैध रुपमा मदिरा आयात भइरहेको भन्दै धनुषा प्रहरीको ध्यानाकर्षण गराएका थिए।