काठमाडौंको नागढुंगाबाट लागुऔषधसहित १३ वर्षीय बालक पक्राउ परेका छन्।
शुक्रबार बिहान पौने ५ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगाको चेकपोइन्टबाट प्रहरीले १३ वर्षीय बालकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।
उनीबाट प्रहरीले १९ हजार एम्पुल लागूऔषध बरामद गरेको हो। बालक रौतहटबाट ना ८ ख ११०४ नम्बरको बसमा काठमाडौं आएका थिए।
उनको झोला चेक गर्दा डाइजेपाम ७ सय, फेनरागन ६ सय र नुफिन ६ सय एम्पुल बरामद गरेको एसपी बस्नेतले बताए।
बालकमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान अघि बढाइएको छ।