वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्।
१५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको 'इन्टरनेसनल वुमेन अफ करेज' अवार्ड जितेकी हुन्।
राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनेकी छन्-एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरूद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद !
यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन्। यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन्।
खातुनलाई गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो।