ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत आयोजनाको सुरूङभित्र काम गरिरहेका दुई जना मजदूरले शनिबार ज्यान गुमाएका छन्।
सुरूङभित्र काम गरिरहेको अवस्थामा ढुंगा खसेर लाग्दा अमर विश्वकर्मा र सन्तोष बानियाँको मृत्यु भएको आयोजनाका भूगर्भविद् सूर्य लिम्बूले सेतोपाटीलाई जानकारी दिए।
ज्यान गुमाउने अमर २२ वर्षका उदयपुर निवासी हुन् भने २८ वर्षका सन्तोष भोजपुरका हुन्।
भूगर्भविद् लिम्बूका अनुसार आयोजनाको मिक्वाखोला गाउँपालिका २ बाट फक्ताङलुङ गाउँपालिका १ सावादिनतर्फको सुरूङ खन्न उनीहरू खटिएका थिए।
‘उहाँहरू सुरूङ खन्ने क्रममा भित्रै हुनुहुन्थ्यो’, लिम्बूले भने,‘त्यही क्रममा ढुंगा झरेर उहाँहरूलाई पुरेको हो।’
उनका अनुसार उनीहरूको शव निकाल्ने तयारी भइरहेको छ।