विराटनगर महानगरपालिका वडा नम्बर ८ मा एक जनाको हत्या भएको छ।
विराटनगरस्थित बलुवाईका ५२ वर्षीय विको सहनीको गए राति हत्या भएको हो। धारिलो हतियार प्रयोग गरेर उनको हत्या भएको प्रहरीले जनाएको छ।
घटनामा उनकै छोराको संलग्नता रहेको हुन सक्ने अनुमान प्रहरीको छ। उनका छोरा फरार छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार सहनीमाथि धारिलो हतियार प्रहार भएको छ।
गम्भीर घाइते सहनीलाई उपचारका लागि कोसी अस्पताल पुर्याइएको थियो। चिकित्सकहरूले उनको मृत्यु भइसकेको बताएका थिए।
उनको घाँटीमा गहिरो चोट छ।