मोरङमा टिपरको ठक्करले बुधबार बिहान एक महिलाको मृत्यु भएको छ।
मोरङ सुन्दरहरैंचा-७ की ६५ वर्षीया मैया श्रेष्ठको टिफरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान सवा ५ बजे सुन्दरहरैचा-७ स्थित राजमार्गमा प्रदेश १-०२-००१ ख ८५३० नम्बरको टिपरले पैदल हिँडिरहेकी मैयालाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
ठक्कर दिने टिपर र चालक सुन्दरहरैचा-५ का कुमार भण्डारी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
यसैगरी, मोरङ सुनवर्षी-८ का ३० वर्षीय बिरेन्द्र प्रसाद मण्डलको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ।
बुधबार आज बिहान सवा ४ बजे सुनवर्षी-८ मा बिआर ३८ आर ८७९० नम्बरको भारतीय मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल पछाडी सवार रहेका मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।