तिनाउ नदीमा डुबेर बुटवलका एक युवकको मृत्यु भएको छ।
शनिबार दिउँसो गर्मी छल्न भन्दै पाल्पाको तिनाउ गाउँपालिका वडा नंं २ स्थित तल्लो सिद्धबाबा नजिकै तिनाउ नदीमा पौडी खेल्न गएको बेला डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
गोलपार्क प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हिराबहादुर महतका अनुसार बुटवल उपमहानगरपालिका वडा नं. ८ तीनकुने बस्ने २२ वर्षीय हेमन्त शर्माको नदीमा डुबेर मृत्यु भएको हो।
चार जना साथीसँगै पौडी खेल्न गएका उनी दिउँसो चार बजेतिर नदीमा डुबेको प्रहरीले जनाएको छ।
प्रहरी सहायक निरीक्षक महतले पौडी खेल्न गएका पाँच जनामध्ये चार जना नदीमा डुबे पनि पौडी खेल्न जानेका एक जनाले बाँकी तीन जनालाई उद्दार गर्न सफल भए पनि शर्माको भने उद्दार गर्न नपाउँदै मृत्यु भएको बताएका छन्।
प्रहरीले मृत्यु भएका शर्माको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको जनाएको छ।
हरेक वर्ष गर्मी छल्न भन्दै तिनाउ नदीमा पौडी खेल्न जाने दुई तीन जना युवाहरूको डुबेर मृत्यु हुने गरेको छ।