चितवनमा बिहीबारदेखि निषेधाज्ञा गर्ने निर्णय गरिएको छ।
बुधबार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी) चितवनको बैठकले वैशाख १६ गते रातिदेखि वैशाख ३१ गते रातिसम्म (१५ दिन) निषेधाज्ञा गर्ने निर्णय गरेको हो।
चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।
उनले जिल्लामा कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णय गर्दै जाने बताए।
चितवनमा बुधबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएका छन्।