सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।
आजको शृंखलामा हामीले वैशाख १८ देखि वैशाख २४ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।

सुर्खेतको वीरेन्द्रनगर उपत्यकाका सडक किनारमा फुलेका गुलमोहर फूल । दिपकजंग शाही/सेतोपाटी

खाली गरेको खुलामञ्चमा जमेको पानीमा ज्याकरान्डाको छायाँ। तस्बिरः नारायण महर्जन/सेतोपाटी

ललितपुरको सिकालीमा किरा खाँदै फाप्रे चरा। तस्बिरः नारायण महर्जन/सेतोपाटी

पशुपतिनाथ परिसरमा मनिसले खाएर फालेको जुसको बट्टाबाट रहलपहल जुस तान्दै बाँदर। तस्बिरः नारायण महर्जन/सेतोपाटी

धनगढी मनेहराको थारु बस्तीमा एक परिवारको घरमा खाना पकाउनुभन्दा अगाडि नै पोतेर राखेका भाँडाकुडा। तस्बिर: सविता बुढा/सेतोपाटी

सीमित समय खुल्ने शंखमुलस्थित तरकारी बजार। प्रभाकर गौतम/सेतोपाटी

ललितपुरको खोकनामा रोपाइँको लागि सम्याइँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

कोभिड-१९ को महामारीसँग जुध्न लकडाउन जारी गरिएपछि सुनसान सडकमा गाउँबाट घोडामा खाद्यन्न बोकेर तुलसीपुर बजारतर्फ जाँदै गरेका किसान। तस्बिर : नारायण खड्का/सेतोपाटी

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौलौरास्थित घरको प्राङगणमा माधव केसीले पालेका माहुरीका घार । तस्बिर: नारायण खड्का/सेतोपाटी

लकडाउनमा शंखमूल नर्सरीबाट गमलामा फूल किनेर फर्कंदै गरेका दुई युवती। प्रभाकर गौतम/सेतोपाटी

कञ्चनपुर लालझाडी गाउँपालिकामा रहेको गुड बनाउने उद्योग, यहाँ उखु किसानले यही उद्योगलाई उखु बिक्री गर्दै आइरहेका छन् । तस्बिर: सविता बुढा/सेतोपाटी

भक्तपुर दरबार परिसरको गेटमा राखेको कृपया माक्स लगाउनुस भन्ने पोस्टर। तस्बिरः नारायण महर्जन/सेतोपाटी

कैलालीको वसन्ता वनक्षेत्रमा रहेको हुलाकी राजमार्ग अहिले राजमार्ग बनेको सडकलाई वसन्ता जैविक मार्ग पनि भनिन्छ। किनकि यो बाटोमा जीवजन्तु हिँडडुल गर्ने गर्छन्। तस्बिर: सविता बुढा/सेतोपाटी

तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुख चढ्ने गाडी कोरोना संक्रमितको लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्न नगरपालिकालाई बुझाउँदै। तस्बिरः भगवती पाण्डे/सेतोपाटी

तुलसीपुरको अरनिको मैदानमा पिसिआर परीक्षणका लागि स्वाब दिन आएका सर्वसाधारण । तस्बिर: नारायण खड्का/सेतोपाटी

कञ्चनपुरको त्रिनगर नाकामा स्थापना गरिएको हेल्थडेस्कमा एन्टिजेन परीक्षणका लागि उभिएका भारतबाट फर्केकाहरू। तस्बिर: सविता बुढा/सेतोपाटी

कैलालीको भजनीमा थारू बस्तीका स्थानीयको दाउरा सुकाउने तरिका। तस्बिर: सविता बुढा/सेतोपाटी

सीमा नाका बेलहियास्थित हेल्थ सेन्टरमा तापक्रम लिँदा उच्च ज्वरो देखिएपछि एन्टिजेन परीक्षणको लागि स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । तस्बिरः भगवती पाण्डे/सेतोपाटी

कोरोना परीक्षणका लागि स्वाब दिँदै नेकपा एमालेका नेता माधवकुमार नेपाल। तस्बिरः नारायण महर्जन/सेतोपाटी

लगातार ६ घण्टा बिरामीहरूको स्वाब संकलन गर्दा थकित लुम्बिनी प्रादेशिक अस्पतालको स्वाब संकलन केन्द्रका स्वास्थ्यकर्मी भरत क्षेत्री सुस्ताउँदै । तस्बिरः भगवती पाण्डे/सेतोपाटी

भारतका विभिन्न स्थानबाट आएका नेपालीहरू रुपन्देहीको सीमा नाका बेलहियास्थित होल्डिङ सेन्टरमा सुस्ताउँदै । तस्बिरः भगवती पाण्डे/सेतोपाटी

होम आईसोलेसनमा रहेका कोरोना संक्रमितको लागि अक्सिजन उपलब्ध गराउन बुटवल उपमहानगरपालिकाले स्थापना गरेको अक्सिजन बैंकमा संकलित अक्सिजन सिलिण्डर। तस्बिरः भगवती पाण्डे/सेतोपाटी