सप्तरीमा ट्रकले साइकललाई ठक्कर दिँदा मंगलबार बिहान दुई जनाको ज्यान गएको छ।
साइकलमा सवार सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहाका ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनितादेवी मण्डलको मृत्यु भएको हो।
पूर्वतर्फ जाँदै गरेको ना६ख २८६१ नम्बरको ट्रकले पूर्वपश्चिम राजमार्गमा साइकललाई बिहान साढे ६ बजे ठक्कर दिएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताए।
दुबै जनालाई उपचारका लागि भारदह लैजाने क्रममा मृत्यु भएको काफ्लेले बताए।
शव पोष्टमार्टमका लागि राजविराज लगिएको छ। ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।