बाँकेमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बर्दिया जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा गरी पछिल्लोपटक थप १४ कोरोना संक्रमितको मृत्यु भएको हो।
कोरोना संक्रमणपछि उपचाररत उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेहरू बाँके र आसपासका छिमेकी जिल्लाका छन्।