बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो १२ घन्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुने सबै पुरूष छन्।
अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार एक जनाको धागो कारखानास्थित कोरोना अस्पतालको आइसियू र अन्यको अस्पतालको इमर्जेन्सीमा मृत्यु भएको हो।
जसमध्ये तिलोत्तमा-४ का ३६ वर्षीय पुरूषको शनिबार राति ९ बजेर ५५ मिनेटमा मृत्यु भएको छ। उनलाई २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै, भुमही-६ पश्चिम नवलपरासीका ४८ वर्षीय पुरूषको राति १२ बजेर ४० मिनेटमा मृत्यु भएको हो। २४ गते कोरोना संक्रमण पुष्टि भएको उनी २६ गतेदेखि आइसियूमा उपचाररत् थिए।
त्यसैगरी, सत्यवती-५ गुल्मीका ४५ वर्षीय पुरूषको बिहान ५:१५ बजे, तिलोत्तमा-५ का ६० वर्षीय पुरूषको बिहान साढे ८ बजे, ईश्मा-४ गुल्मीका ४५ वर्षीय पुरूषको ८:४४ र नाम ठेगाना नखुलेका एक पुरूषको ९ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए।