डोटीमा एक महिलाको आगो लगाएर हत्या प्रयास भएको छ।
बुधबार राति अज्ञात व्यक्तिले आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटको शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगोले जलेर लक्ष्मी र उनकी ३ वर्षीया छोरी अन्जु घाइते भएका छन्। उनीहरूको दीपायलमा उपचार हुँदैछ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले घटनापछि उनका श्रीमानलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए।
उनीहरूको हात खुट्टा र शरिर जलेको छ।
आफ्नै पसलमा सुतिरहेका बेला शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
घरायसी विवाद देखिएकाले परिवारकै कसैले यस्तो गरेको हुनसक्ने प्रहरीको अनुमान छ।