शुक्रबार काठमाडौं उपत्यकामा थप १ हजार १४० जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमध्ये काठमाडौं जिल्लामा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जना नयाँ संक्रमित थपिएका हुन्।
हाल काठमाडौं उपत्यकामा १६ हजार ९९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौं जिल्लामा १० हजार ५१, ललितपुरमा ३ हजार ९९४ र भक्तपुरमा २ हजार ९४६ जना सक्रिय संक्रमित छन्।
उपत्यकामा पछिल्लो समय थपिने संक्रमितको संख्या घट्दै गएसँगै सक्रिय संख्या पनि घट्दै गएको हो।
काठमाडौं जिल्लामा हालसम्म कोरोनाबाट १ हजार ७५० जनाले ज्यान गुमाएका छन् भने ललितपुरमा ५०५ र भक्तपुरमा ३४९ जनाको मृत्यु भएको छ।
यसैबीच आज देशभर ३ हजार ७५० जना कोरोना संक्रमित थपिएका छन्। देशभर पिसिआर र एन्टिजेन गरी यस अवधिमा कुल १५ हजार १८२ जनाको नमुना परीक्षण भएको थियो।